
पथरी । नेकपा (एस) का पोलिटब्यूरो सदस्य देउमान सम्बाहाम्फेले दम्भ र घमण्ड नगर्न आग्रह गरेका छन ।
बिहिवार पथरीशनिश्चरे १ जनआन्दोलनचौकमा पार्टी स्थापना भएको (१) प्रथम वर्षगाँठको अवसरमा दिपप्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उत्त कुरा बताएका हुन ।
डा. सम्बाहाम्फेले दम्भ र घमण्डको कारण ओलीको हालत जस्तै हुने चेतावनी दिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै डा. सम्बाहाफेले राज्यसत्ता गुमेको, ६ वटा प्रदेश सरकार गुमेको र १९ जना राष्ट्रिय सभामा १८ वटा गुमेको स्मरण गराए ।
पुष्पलालको योगदानले स्थापना भएको कम्यूनिष्ट पार्टी बिभिन्न चिरामा बिभत्त भएको बताउदै दम्भ, घमण्ड र दक्षिणपन्थी विचारलाई परास्त गर्नको नेकपा (एस) को स्थापना भएकोले कम्यूनिष्ट विचारलाई जनतामा स्थापित गर्न कार्यकर्ताहरुलाई लाग्न आग्रह समेत गरे ।
कोणसभा कार्यक्रममा पार्टीको नेताहरु सभाषद चण्डीप्रसाद राई, कुमार चाम्लीङ, मानप्रसाद लिम्बु, दिपक बस्नेत, धनप्रसाद सावा लगायतको उपस्थिती रहेको थियो ।
कोणसभा कार्यक्रमलाई नेकपा (एस) का पथरीशनिश्चरे नगर अध्यक्ष तुलसी ढकालले सञ्चालन गरेका थिए ।






