
पथरी । इलाका प्रहरी कार्यालय पथरीले बिद्यालय फोरेर सामान चोर्ने २ युवा पक्राउ गरेका छन ।
मोरङको कानेपोखरी गाँउपालिका २ मा रहेको शिक्षा विकास माध्यमिक विद्यालय फोरेर सामान चोर्ने २ युवा पक्राउ गरेको हो । भदौ १९ गते राती १० बजेको समयमा स्कूलमा रहेको ३ सेट कम्युटर, बुफर १ सेट, विद्यार्थीलाई दिवा खाजा खुवाउनको लागी पकाउने भाँडाकुँडा समेत चोर्ने सोही ठाँउ बस्ने वर्ष २० का अजय सरदार र कानेपोखरी गाँउपालिका ३ वर्ष २८ को प्रदिप चौधरी पक्राउ परेको प्रहरीले जनायो ।
चोरी गरेको सामानहरु चोरीमा संलग्न कानेपोखरी २ को अजय सरदारको घरमा लुकाई राखेको अवस्थामा प्रहरी छापा मारेर बरामद गरेको इप्रका पथरीका प्रमुख डिएसपी बेदप्रसाद गौतमले बताए ।






