
पथरी । पथरीशनिश्चरे नगरपालिकाले ब्यापारीमा लगाएको करप्रति असन्तुष्टी जनाउदै ध्यानाकर्षण भएको जनाएको छ ।
२३ गते उद्योग बाणिज्य संघका अध्यक्ष धनकुमार तामाङले ध्यानाकर्षणपत्र सार्वजानिक गर्दै नगरपालिकाले कर वृदी गरेको भन्दै बिरोध जनाएको हो ।

पथरीशनिश्चरे नगरमा रहेको ब्यापारीले भाडा तिर्ने अवस्था समेत नभएको अवस्थामा जथाभावी कर वृदी ठिक नभएको अध्यक्ष धनकुमार तामाङले हस्ताक्षर गरेको ध्यानार्कषणपत्रमा जनाइएको छ । देशको आर्थिक अवस्थाको कारण नगरले हाल लगाएको करमा ७५ प्रतिशत मिनाहा गर्नु पर्नुपर्ने माग समेत गरेको छ ।
ब्यापारीहरुको साझा संस्था पथरी उद्योग बाणिज्य संघसंग परामर्श र समन्वय नगरि एकलौटी रुपमा कर वृदी गरेको कारणले चरणबद्ध आन्दोलन गर्ने जनाइएको छ ।






