
पथरी । द स्टोरी किचन र दन्द्धपीडित महिला राष्ट्रिय सञ्जालको आयोजनामा दन्द्धपीडित तथा प्रभावित महिलाहरुको सत्य, न्याय , परिपुरण र आत्मासम्मानको लागी काम गर्ने संवादाताहरुलाई सम्मान गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर बिशेस अतिथी नेपालका लागी युरोपेली संघका राजदुत नोना देप्रेको, राष्ट्रिय महिला आयोगको अध्यक्ष कमला पराजुली, लगायतको उपस्थिती रहेको थियो ।
सम्मानित हुनेमा मोरङबाट रिता गिरी र जमुना पाख्रिन राई सुनसरी कमला शर्मा र सपना परियार सहित १८ जिल्लाको ३१ जना न्याय संवाददाताहरुलाई सम्मान पत्र र दोसल्ला सम्मान गरेको थियो । काठमाण्डौंको हिमालय होटलमा असोज ४ र ५ गते दुइदिने आवसिय कार्यक्रममा आयोजक संस्थाको तर्फबाट सृजना श्रेष्ठ र जया लुइटेलको सहभागिता रहेको थियो । तस्वीर रिता गिरीको फेसबुकबाट






