
पथरी । पथरी बजारबाट आज बिहान करिब ५:३० बजेको समय भित्र मोटरसाइकल चोरी भएको छ ।
मनकामना सामुदायिक वन उपभोत्ता समुहको अध्यक्ष दिनेश राईको मोटरसाइकल चोरी भएको हो ।
मे ११ प ४ नम्बर सुजुकी कम्पनीको निलो रङको जिक्सर मोटरसाइकल हराएको राईले बताए । खोजी गरिदिन इलाका प्रहरी कार्यालय पथरी निबेदन दिन गएको पिडितथ राईले बताए ।






