पथरी । मंसिर ४ गते हुने प्रदेश र संघको लागी निर्वाचनको लागी मोरङको ६ वटा निर्वाचन क्षेत्रको लागी मुख्य निर्वाचन अधिकृतसंगै निर्वाचन अधिकृतहरु तोकिएको छन ।
मोरङको क्षेत्र न. १ को निर्वाचन अधिकृतमा सर्बोच्च अदालतका इजलास अधिकृत गोपालप्रसाद थापा, क्षेत्र न. २ को निर्वाचन अधिकृतमा उच्च अदालत पाटनको रजिष्टार नगेन्द्रकेशरी पोखरेल, तोकिएका हुन ।
त्यसै गरि क्षेत्र न. ३ को निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिल कार्यालय मोरङको जिल्ला न्यायिधिबत्ता रामहरि शर्मा काफले, क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतमा उच्च अदालत बिराटनगरका उपरजिस्टार मणिराम पोखरेल नियुत्त भएका छन ।
यसैगरि क्षेत्र न. ५ को लागी आन्तरिक तथा कानुन मन्त्रालय प्रदेश न. १ का उपसचिव गणेश नायक र क्षेत्र नम्बर ६ का लागी निर्वाचन अधिकृतमा मोरङ जिल्ला अदालतका जिल्ला न्यायधिस दुर्गाप्रसाद ढुङगेल रहेको छ ।
न्यायधिस ढुङगेललाई मोरङको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी समेत दिएको छ ।

तपाईको प्रतिक्रिया