पथरी । दमक नगरपालिका–३ बेलडाँगीका ४४ बर्षीय लाल बहादुर गुरुङको हत्या आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चुलाचुली–४ इलामका वर्ष २५ का शिब हिङहाङ भनिने नरेन्द्र दर्जी, २९ बर्षीय झ्याम्ले भनिने नरेशकुमार याखा, वर्ष २१ का अभिषेक केरुङ, वर्ष २० सेसे भनिने सेसेयाङ याखा, वर्ष ३३ सन्तु भनिने चन्द्रकुमार यवा, वर्ष ३५ डम्बर यवा, वर्ष ३० का टिका भनिने नरेन्द्र तुम्रोक, वर्ष २६ बिक्रम हिङमाङ र वर्ष २९ पर्शु राई लाई पक्राउ गरेको हो ।
इलामको चुलाचुली गाउँपालिका–५ पकुवामा बुधबार बेलुका ५ बजे उनिहरुले गरुङको हत्या गरेको आरोप छ । मृतक गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल छेउमा धारिलो हतियार खुकुरी र ढुंगा प्रहार घाइते बनाएर छाडेका थिए । घाईते अवस्थामा भेटिएका गुरुङको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनायो । घटनाको विषयमा प्रहरीले जानकारी दिए अनुसार घटना घटाएर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरिक्षक दिलिप घिमिरेको टोलीले उनिहरुलाई पक्राउ गर्न सफल भएका थिए ।
प्रहरीले घटनामा प्रयोग भएको दाप सहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढुङ्गाहरु तथा मृतकले प्रयोग गरेको को.१९ प ३७२५ नम्वरको मोटरसाईकलको दुबै चक्काको टायर काटी फालेको अबस्थामा फेला परी बरामद गरेको छ ।
घटनाको विषयमा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया