पथरी । गठबन्धनबाट मोरङ ३ क मा सभाषद लालबहादुर सुस्लीङ मगरको दाबेदारी हेभिवेट रहेको छ ।
२०६४ सालको संबिधानसभाको निर्वाचनमा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीलाई पराजित गरि विजयी बनेर चर्चामा आएका सुस्लीङले मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश १ को लागी हेभिवेट दाबेदार रहेको हो ।
प्रतिनिधी सभा सदस्यको उम्मेद्धवारमा नेपाली कांग्रेस पार्टीबाट सुनिल शर्माको उम्मेद्धवारी गठबन्धनबाट निश्चितप्राय भए पछि प्रदेशसभाको उम्मेद्धवारमा नेकपा माओबादी केन्द्रका लालबहादुर सुस्लीङको दाबिलाई नकार्न नसक्ने अवस्था रहेको देखिन्छ ।
पार्टीमा इमान्दार ब्यात्तीको रुपमा परिचय बनाएका सुस्लीङले गठबन्धनबाट टिकट दिएमा चुनाव जित्ने बताए ।

तपाईको प्रतिक्रिया