
पथरी । पथरीशनिश्चरे ७ का पञ्चकुमार (जीतन राई) लाई बचाउन हाल अमेरिका बसोबास गर्ने युवाहरुले ६२ हजार बढी आर्थिक सहयोग गरेका छन ।
मलद्धवारमा क्यानसर लागेर ४५ वर्षका राई बचाउ अभियानमा सञ्चालन भए पछि हाल अमेरिकामा बसोबास गरिरहेका इन्द्र गुरुङ, गोरे गुरुङ, यज्ञ सुवेदी, रोबिन दाहाल, र दिनेश बान्तावाले ६२ हजार २ सय ८ रुपैयाँ संकलन गरि पठाएका हुन ।
क्यानसर पिडित राईको हाल भरतपुर क्यानसर अस्पताल चितवनमा उपचार भईरहेको जीतन राई बचाउ अभियानका संयोजक बिनोद बान्तावाले बताए ।








