पथरी । पथरीशनिश्चरे २ अस्पताललाइन बस्ने टेकबहादुर राई विगत २२ वर्षदेखी निरन्तर खानेपानी जडान र मर्मत कामको मजदुरी गरिरहेका छन ।
बिहीवार पथरीशनिश्चरे १ को पञ्चायत माबि अगाडी देखी अस्पताल मार्गमा खानेपानीको भोल्युम बढाउन खाल्डा खनिरहेका भेटिए । पथरी खानेपानी संस्थामा २०५८ सालमा ८० रुपैयाँदेखी काम सुरु गरेका राईलाई हाल दैनिक ७ सय रुपैयाँ हाजिरामा काम लगाई रहेको छ ।
काम गरेको दिन खाना र नास्ता वर्षमा १ सरो कपडा दिने गरेको बताए । अबदेखी महिनावारी रुपमा नै काममा लगाउने कुरा भईरहेकोले आफु खुसी रहेको बताए ।

 

तपाईको प्रतिक्रिया