
पथरी । खोटाङ दित्तेलको रतन्छा लङगलामा १९९० सालमा जन्मीका स्वा: कुलप्रसाद फुयलको नाममा स्थापना भएको कोषबाट क्यानसर पिडित विद्यार्थी अमिर माझीलाई सहयोग गरेको छ ।
रतन्छाबाट बसाईसरी पथरीशनिश्चरे २ बुद्धचौकमा स्थाई बसोबास गरी रहेका भट्टराईको २०५९ साल माघ १९ गते निधन भएको थियो ।
माइला छोरा इन्द्रप्रसाद भट्टराई आफना पिताको स्मृतिमा स्थापना गरेको अक्षय कोषको ब्याजबाट हाल पूर्वाअञ्चल क्यानसर अस्पतालमा उपचार भईरहेका क्यानसर पिडित माझीलाई स्वा: कूलप्रसादकी धर्मपत्नी रत्नकुमारी २० हजार नगद सहयोग प्रदान गरेको गर्यो ।
पथरीशनिश्चरे ९ सिंह वाहिनी मावि कक्षा ९ मा अध्ययनरत अमीरको उपचारका क्रममा अतिविपन्न बाबुआमाले आफ्नो कूल २ कठ्ठा जग्गामध्यें १ कठ्ठा जमीन समेत ३ लाखमा बिक्री गरी खर्च गरिसकेका छन् ।
हाल पनि सोहि अस्पतालमा उपचाररत बालकको थप उपचारका लागि अरू थप रकम आवश्यक पर्ने भएकोले इच्छुक महानुभावहरुसमक्ष सहयोगका लागि अनुरोध गर्दै सम्पर्क नं ९८१६९१५४२२ र ९८१३९५९६९ उपलब्ध गराइएको छ ।
राहत हस्तानतरण कार्यक्रममा लर्ड बुद्ध साकोसका अध्यक्ष धनराज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव महेन्द्र ढुंगाना, व्यवस्थापक गणेश कुमार राई तथा संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।
यो अक्षयकोषको संरक्षक र सम्र्बदक लर्ड बुद्ध साकोस नै रहने गरि स्थापना भएको अक्षयकोषदाता इन्द्रप्रसाद भट्टराईले बताए ।






