
पथरी । क्यानसर पिडित जीतन राईलाई ४० हजार ७ सय २५ रुपैयाँ रकम सहयोग रकम हस्तानतरण गरिएको छ । पथरीशनिश्चरे नगरपालिका २ बुद्धचौकमा राजसन्स एग्रोभेट सञ्चालक युवराज माझी र उनका श्रीमती सिता माझीले संकलन गरेको उत्त रकम हस्तानतरण गरिएको हो ।
सहयोग रकम जीतन राई बचाउ अभियानका संयोजक बिनोद बान्तावालाई प्रदान गरिएको थियो । क्यानसर पिडित राईको हाल भरतपुर क्यानसर अस्पताल चितवनमा उपचार भईरहेको छ ।







