मुर्ती निर्माण कार्य सम्पन्न भए पश्चात भगवान गौतम बुद्धको अगाडी तस्वीरमा मुर्तिकार मन्जुल मितेरी ।
पथरी । २०१६ को सेप्टेम्बर महिनादेखी जापानमा रहेर विश्वकै सबै भन्दा अग्लो भगवान गौतम बुद्धको मुर्ती निर्माणकार्य सम्पन्न गरेर असोज २८ गते नेपाल आइपुग्ने भएका छन ।
मोरङको उर्लाबारी घर भएका मन्जुल मितेरी सहितको टिमले लगातार ८ वर्ष सम्माको प्रयासमा बिस्वको सबै भन्दा (६५ फिट) अग्लो चट्टानमा मुर्ती निर्माण कार्य सम्पन्न गरी असोज २८ गते नेपाल फर्कन लागेका हुन ।
जापानको क्यूशु प्रान्त कुमामोतो, कामी आमाकुसाको चट्टानी पहरामा मूर्तिकार मञ्जुल मित्तेरीको नेतृत्वमा, सूर्य केसी, सानभाई विश्वकर्मा, रामचन्द्र पण्डित, चतुरलाल राजवंशी, जीवन पौडेल, गणेशकुमार राई, रामकुमार राई र सुवास विश्वकर्माले निर्माण कार्यमा सहभागी भएका थिए ।
निर्माण सम्पन्न भएको मुर्तीलाई मूर्तिलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्ने प्रतिष्ठान संरक्षक एवं अध्यक्ष ओसिमा सिजुकीले बताएको बिभिन्न संचार माध्यामहरुले बताएको छ । ओसिमा सेकिबुचुयामा मूर्ति निर्माण प्रतिष्ठानको अगुवाई मूर्ति निर्माणकार्यमा जापानी ५० अर्ब बढी खर्च भएको प्रतिष्ठानले जनाएको छ ।
मुर्ती निर्माणको अगुवाई गर्ने मन्जुलको पुरख्यौली मौवाखोला ताप्लेजुङ रहेको छ । मन्जुलले प्रावि तहको शिक्षा देवकोटा प्रावि मिक्लाजुंग मावितहको कलिका उमावि मिक्लाजुंग, प्रमाणपत्र तह– उर्लाबारी बहुमुखी क्याम्पस, स्नातक तह– महेन्द्र मोरंग क्याम्पस विराटनगर र स्नाकोत्तर तह डिग्री क्याम्पस विराटनगरबाट शिक्षा हासिल गरेका छन ।
परिवारमा मन्जुलको परिवारमा बुबा आमा, श्रीमती, एक छोरा बुहारी सहित नातीनी सहित उर्लाबारीमा नै बस्छन । तस्वीर सौजन्य मुर्तिकार मन्जुल मितेरी

तपाईको प्रतिक्रिया