पथरी । पथरी कानेपोखरी सडक खण्डमा दुरघटनामा घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।

 


इलाका प्रहरी कार्यालय पथरीका अनुसार आइतवार बिहान कानेपोखरी गाउपालिका वडा ७ मा मानसिक सन्तुलन बिग्रीएका नाम थर र ठेगाना पत्ता नलागेका पुरुषको उपचारको क्रममा मृत्यू भएको हो ।
बिहान ०५ः३० बजेको समयमा करिव ३०/३५ बर्षको प्रहरीले फेला पारी उपचारको लागी कोशी अस्पताल बिराटनगरमा पठाइएको थियो । मृतकको लाश अहिले कोशी अस्पताल बिराटनगरको शब गृहमा सुरक्षीत राखीएको पथरी प्रहरीले जनाएको छ ।
मृतकलाई चिन्ने आफन्त कोही भएमा अबिलम्ब इलाका प्रहरी कार्यालयमा पथरीमा सम्पर्क राख्न हुन अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया