पथरी । माओबादी केन्द्र र नेपाली कांग्रेस बिचको गठबन्धन पथरीशनिश्चरे नगर स्तरमा स्थानिय निर्वाचनबाट नै गठबन्धन टुटेर आएको छ ।
नगर प्रमुख, उपप्रमुख वडा अध्यक्ष पदमा गठबन्धन हुन नसकेको कारण हार ब्यहोरेका दुबै पक्षले संघिय निर्वाचन र प्रदेश निर्वाचनमा समेत गठबन्धन असर पर्ने अांकलन गरिएको छ ।
पथरी शनिश्चरे नगर प्रमुख र उपप्रमुख पद्मा नेपाली कांग्रेसबाट नरेन्द्र सुब्बा र कबिता पराजुली तथा माओबादी केन्द्रबाट दिननाथ तिम्सीना एकिकृत समाजवादी पार्टीबाट बिन्दु राईलाई अगाडी बढाएको थियो ।
नेपाली कांग्रेसबाट १० वटै वडामा वडा अध्यक्षहरुको उम्मेद्धवारी परेको थियो भने माओबादी केन्द्रबाट वडा न. ४, ७, ९ र १० मा आफना उम्मेद्धवर उठाएको थियो ।
नेपाली कांग्रेसका उम्मेद्धवारहरु वडा न. ३ बाट विजय लिम्बु ४ बाट लोककिरण न्यौपाने ५ चेतेन्द्र खडका ६ बाट कृष्ण बस्नेत र ९ बाट वीरबहादुर राई निर्वाचित भए ।
माआबादीले उठाएका उम्मेद्धवारहरुले कुनै सिटमा निर्वाचित हुन सकेनन । वडा न. ३ मा माओबादीबाट पाएको एउटा सदस्य पद्मा नेपाली कांग्रेसको चुनाव चिन्हबाट निर्वाचित भएका थिए ।
स्थानिय निर्वाचनमा गठबन्धन हुन नसक्नु नेपाली कांग्रेस नै मुख्य कारण रहेको माओबादीका स्थानिय नेतृत्वले आरोप लगाउदै आएको छ ।

तपाईको प्रतिक्रिया