पथरी । चैत्र २० गतेबाट पेट्रोलियम व्यवसायीहरूले घोषणा गरेको आन्दोलन आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । ब्यवसायीहरुले नेपाल आयल निगमसँगको वार्तापछि सकारात्मक भएको जनाउदै आन्दोलन फिर्ता लिएको हो ।

 

नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुश मल्लका अनुसार सम्पन्न निगमसँगको वार्ताबाट सकरात्मक भएकोले आन्दोलन फिर्ता लिएको जनाए । चरणबद्ध आन्दोलन फिर्ता भएको बिज्ञप्ती निकालेर जनाएका छन ।
पेट्रोलियम विक्रेता कमिशन, एल.पी. ग्यासको ढुवानी भाडा समायोजन लगायतका बिषयमा सकारात्मक छलफल भएकोले आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो । आन्दोलनको कार्यक्रम फिर्ता लिएपछि सोमवार बिहान ८ बजेदेखि पेट्रोलियम पदार्थको बिक्री वितरण सुरु जनाइएको छ ।

तपाईको प्रतिक्रिया