
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न ७ की कृष्णाकुमारी बिक एकिकृत समाजबादी पार्टी नेपालको समानुपातिक तर्फ दलित कोटा अन्र्तरगत १ न. लिष्टमा नाम परेको छ ।
२०५० साल देखी पथरीशनिश्चरेलाई आफनो कर्मथलो बनाएर निरन्तर समाजसेवामा योगदान पुर्याउदै आएकी कृष्णकुमारी बिकलाई दलित समुदायको तर्फबाट १ न. लिष्टमा नाम प्रकाशन गरेको हो ।
चुनाव चिन्ह कलम दिएर पार्टीले जनतामाझ परिक्षाको लागी पठाएको बताउदै सबैको माया स्नेह र सदभाव पाउने तिम्मा न्यूजसंगको कुराकानी आफनो बिश्वास ब्यात्त गरिन ।

पथरीशनिश्चरे १ मा स्थापित पञ्चायत माबिका शिक्षक दुर्गा बिकको श्रीमती कृष्ण्कुमारी बिकले यसै वर्ष श्रीमान दुर्गाको निधन भएपछि पति बियोगमा छिन । प्लान नेपाल, प्रो पब्लीक, शान्ती समिति लगायत दर्जनौ संघसंस्थामा रहेर काम गरेकी कृष्ण्कुमारी बिक शालिन नेतृको रुपमा स्थापित छिन ।






