पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. १ पथरीबजारमा विगत २५ वर्षदेखी बजार तथा सडक सफाई मजदुर हुन छेदी मरि मल्लीक ।
उमेरको हिसावले ५० पेरीफेरीमा रहेका छेदीको दैनिकी झाडुसंग खेल्दै बित्छ । बजार सफाईको काम एउटा पाटो हो । त्यसको आलवा सौचालय सफाई गर्छन । गन्हाएका लाश तथा सिनुहरु ब्यावस्थापन गर्छन ।
सोही पेशा गरेर उनले पथरीशनिश्चरे १० मा २१ धुर घडेरी किनेर बासको टाटी लगाएर घर बनाएको बताउछन । हाल उनि १ श्रीमती २ छोरा २ छोरी २ नाति नातिनी सहित सोही घरमा बस्छन । नाति नातिनी पथरीको नमुना पञ्चायत माबिमा पढादैछन ।
परिवारका छोरा छोरी र श्रीमतीले पनि उनको पेशालाई सहयोग गर्छन । छेदीलाई पथरीशनिश्चरे नगरपालिका कार्यालयमा सफाई मजदुरको रुपमा नियुत्ती पाएसंगै खुसी छन ।

तपाईको प्रतिक्रिया