
पथरी । नेकपा एमाले पार्टी निकट अखिल नेपाल महिला संघ पथरीशनिश्चरे १ न. वडा कमिटिको आयोजनामा उम्मेद्धवारसंग परिचयात्मक कार्यक्रम सम्पन्न भयो ।
मंसिर ४ गते हुने मोरङ क्षेत्र ३ बाट प्रतिनिधि सभाको लागी उम्मेद्धवार भानुभत्त ढकाल र मोरङ क्षेत्र न. ३ (क) का उम्मेद्धवार दिलिपकुमार राईको सहभागिता रहेको थियो ।
पथरीशनिश्चरे १ को नगर पार्टी कार्यालयको हलमा मंगलबार निर्मला राईको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी कोइराला सुवेदीले सञ्चालन गरेकी थिइन ।






