
पथरी । असोज २२ गते सञ्चालनमा आएको पथरीशनिश्चरे प्रिमियर लिग अन्र्तरगतको मंगलवार भएको खेलमा रोयल किङले २ अङक र सात बाघले २ अङक जोडन सफल भएको छ । पथरी रंगसालामा भएको मंगलबारको खेलमा रोयल किङले मंगलबारे लिजेण्ड माथी ४ विकेट र सात बाघले क्लासिक एलाभेन हसन्दहमाथी ५ विकेटले आफनो पक्षमा अङक लिन सफल भएको हो ।
पहिलो खेलमा मंगलबारेले दिएको १५६ रनको लक्ष्यलाई रोयलले १९ ओभर १ बलमा ६ बिकेट गुमाएर पुरा गरेको थियो ।
रोयलका लागी महेश कार्कीले अर्धसतकिय पारी खेल्दै ब्याक्तिगत ५७ रन बनाएर आउट भए । पाबेल राई अर्धसतक बनाउन चुके । राईले ४६ रन बनाउदै आउट हुदा दिपेश श्रेष्ठले १६ रन बनाए ।
मंगलबारेका लागी मिलन अधिकारीले २ बिकेट लिए भने राकेश दाहाल,अभिषेक बिक र रोहन गहतराजले १/१ बिकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मंगलबारेका योगेश श्रेष्ठले ५६ रन बनाए पनि टिमका जित हुन सकेन । निकेश बस्नेतले ४३ र दिपक राईले २४ रन बनाए ।
रोयलका लागी बिश्व बस्नेत र भुपेन राईले २/२ बिकेट लिए भने दिपेश श्रेष्ठले १ बिकेट लिए । महेश कार्की म्यान अफ दि म्याच भए ।
दोश्रो खेलमा सात बाघले क्लासिक एलाभेन हसहन्दमाथी ५ बिकेटको जित हासिल गर्यो ।
सातबाघले १५ ओभर ५ बलमा निर्धारित १०९ रन पुरा गर्यो ।उसका लागी निधित राईले ४४ र रहर लामाले २२ रनको योगदान गरे । केलिन राई १७ रन बनाएर आउट भए ।
हसहन्दका बुद्ध आलेले २ सोलोमन राई र संजिव धिमालले १/१ बिकेट लिए । त्यस अघि ब्याटिङ गरेको हसहन्दका सोलोमन राईले ३५ र संजिव राईले २९ रनको योगदान गरे ।
सात बाघका केलिन राई र दिपेश भण्डारीले २/२ बिकेट लिदा दिप सुबेदी र अस्बिन महतका नाममा १/१ बिकेट रह्यो । खेलको म्यान अफ दि म्याच निधित राई घोषित भए ।






