पथरी । मोटरसाइकल दुरघटनामा परि एक जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका-२ टंकीसिनवारीमा दुर्घटना परि चालके २२ वर्षका अनिस कार्कीको मृत्यु भएको हो ।

 

२० गते राती करिव साढे ९ बजेको समयमा टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाइकल तिब्र गतिमा रहेको र उत्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी बताएको छ ।
घाइते अवस्थामा रहेका कार्कीलाई स्थानिय मानिसहरुले उद्धार गरि उपचारको लागी विराट मेडिकल कलेज बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक कार्की सुनसरी जिल्लाको इटहरी उपमहानगर पालिका वडा न. १९ खनारका हुन । मृतक कार्कीले चलाएको सोही मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया