पथरी । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मोरङ क्षेत्र न. ३ बाट ५ जना उम्मेद्धवारहरु सहभागी हुने भएका छन ।
प्रतिनिध सभाको लागी नेपाली कांग्रेसबाट सुनिल शर्मालाई पार्टीले उम्मेद्धवार बनाएर निर्वाचनको मैदानमा पठाएको छ । शर्माको क्षेत्रमा रहेका बिरामीहरुको निशुल्क उपचार, उपचार शुल्कमा छुट लगातका कार्य गरेर लोकप्रियता कमाएका छन ।
मतदाताको घरदैलो कार्यक्रममा ब्यास्त रहेका शर्मा स्थानिय मतदाताको पहिलो नजरमा परेका छन । सोही गठबन्धनबाट मोरङ क्षेत्र न. ३ (क) मा नेपाली कांग्रेसबाट शेखरचन्द्र थापालाई अगाडी सारेका छ । थापा वन वातावरण तथा भू संरक्षण मन्त्री समेत हुन ।
यस्तै एकिकृत समाजवादी पार्टीले मोरङ क्षेत्र न. ३ (ख) .प्रत्यक्षतर्फ उम्मेदवार बनाएर लक्ष्मी श्रेष्ठलाई अगाडी बढाएका छन । एकिकृत समाजवादी पार्टीबाट नै प्रतिनिधि सभाको लागी दलित महिलाको तर्फबाट समानुपातिक उम्मेदवार बनाएर कृष्णकुमारी विश्वकर्मालाई अगाडी बढाएको छ । एकिकृत समाजवादी पार्टीबाट नै प्रदेश न. १ प्रदेश सभाको लागी आदिवासी/ जनजाति कोटाबाट समानुपातिक उम्मेदवार बनाएर मान बहादुर लिम्बु युङसाहाङ (मानप्रसाद) लाई रहेका छन ।

तपाईको प्रतिक्रिया