पथरी । प्रहरीले धनकुटा नगरपालिका–९ चिम्सुवाबाट गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान साँढे १० बजे शहिदभुमी गाउँपालिका–३ की ४९ बर्षीया बिष्णु कुमारी राई र ४३ बर्षीय उद्धिम भनिने उमेश राईलाई ५/५ केजी लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

तपाईको प्रतिक्रिया