
पथरी । टेम्केमैयुङ गाउँपालिका १ तिम्मा भोजपुर, तिम्मा माबिका पूर्व प्रधानध्यापक नागेन्द्र कोइरालको सवारी दुरघटनामा परि मृत्यु भएको छ ।
कोइराला आफैले चलाएको को २५ प ४६५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत दुरघटनामा हुदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
असोज २६ बुधवार बिहान साँढे ११ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा भएको थियो । घाईते अवस्थामा भेटिएका कोइरालालाई स्थानियबासी र प्रहरीले उद्धार गरि अस्पताल सम्मा पुर्याएका थिए । मोरङको उर्लावारी नगरपालिका वडा न. ४ भोजपुरबाट बसाइ सरि आएका ५३ बर्षीय कोईरालाको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।







