पथरी । नेपाल प्रहरी १ न. प्रदेश प्रहरी कार्यालयले आफनो ६७ औँ प्रहरी दिवस २०७९ अवसरमा ३ सय ८२ प्रिन्ट रगत संकलन गरेको छ ।
बिहिवार मोरङको बिराटनगरमा नेपाल प्रहरीको आयोजना र नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको प्रबिधिक सहयोगमा रगत संकलन कार्यक्रम सम्पन्न भएको हो । प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. सुदिप गिरीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, १ नम्बर प्रदेश ट्राफिक ब्यबस्थापन तथा राजमार्ग सुरक्षा कार्यालय ईटहरी, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण, १ नम्बर प्रदेश बिशेष सुरक्षा गण दुहवी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत रहेका ४१ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका छन् । साथै १ नम्बर प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुले समेत आजै आ–आफ्नो जिल्लामा रक्तदान कार्यक्रमको आयोजना गरेका जनाइएको छ । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयहरुले संचालन गरेको रक्तदान कार्यक्रममा २६० जना प्रहरी कर्मचारीहरु र १२२ जना सर्वसाधारण नागरीकहरुले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया