पथरी । इलाका प्रहरी कार्यालय पथरीले ब्राउन सुगर सहित २ जना पक्राउ २ जना युवाहरुलाई पक्राउ गरेको छ ।
असोज २४ गते ४ बजेको समयमा पथरीशनिश्चरे ९ बस्ने वर्ष ३० को सन्तोष लिम्बु र वर्ष २९ को सुनिल लिम्बु पक्राउ परेका हुन । पक्राउ परेका उनिहरुको साथ ३५ पोका ब्रउन सुगर र नगद ३५ हजार रुपैयाँ सहित नियन्त्रणमा लिएका इप्रका पथरी प्रमुख बेदप्रसाद गौतमले जनाए ।
पक्राउ परेका उनिहरुलाई मोरङ जिल्ला अदालतबाट लागु औषध ऐन अन्तर्गत दिन ०५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रमुख गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया