पथरी । पथरीशनिश्चरे १ यलम्बरचौकका केदार बराल कान सुन्दैनन् । बोली आउदैन । जन्म नै उनी अपाङग हुन । शारिरिक र मानसिक रुपमा तन्दुरुस्त उनि साइकल मिस्त्री हुन । ३७ वर्ष उमेर पुगेका केदारले ११ वर्षको उमेरदेखी नै साइकल बनाउने काम सुरु गरेका थिए ।
बाबु नरेन्द्रकुमार बराल परिवार धान्न पहिल्यै देखी साइकल मर्मत केन्द्र चलाउथे । केदारले पनि बाबुसंगै साइकल बनाउने काम सिकिहाले । अहिले बाबु नरेन्द्रले साइकल मर्मत केन्द्र छोरा केदारलाई जिम्मा लगाएका छन । १२ वर्षकी एक छोरी र ५ वर्षका एक छोराको बाबु केदार राजनितिमा पनि खुबै रुचि राख्छन । जनमुत्ती सेनाको तालिम लिएका उनि वाइसियलमा रहेर काम गरे । हाल पनि माओबादी केन्द्रको पार्टी सदस्य हुन ।
सामाजिक सञ्जालबाट पार्टीको गतिबिधी भेला बैठक याद गर्छन । पार्टीको बैठकमा बाबुलाई पठाउछन । बाबु जान मानेन भने केदार आफै तम्सीछन् । केदार हिडे पछि पसल खाली हुने भएकोले बाबु नरेन्द्र आफै पार्टीको बैठकमा जान्छन । पार्टीले कतै चुनाव जिते खुसीको सिमाना नै हुदैन । पार्टी हारेको खबर पाए, निरास हुन्छन । असोज २८ गते शुक्रवार माओबादी केन्द्रको बैठक पथरीशनिश्चरे १ को पार्टी कार्यालयमा बावुलाई पठाएका थिए ।
अहिले मोरङ क्षेत्र न. ३ मा प्रत्यक्ष तर्फ माओबादी केन्द्रको उम्मेद्धवार नहुदा उनि रुष्ट छन । उनले एक चिर्कटोमा लेखेर तिम्मा न्यूजलाई उपलब्ध अनुसार “ फुल स्वातन्त्र, लौरो चुनाब चिन्हमा भोट हाल्नु पर्छ । जस्तो कि काठमाण्डौमा बालेन शाह र धरानमा हर्कराज साम्पाङ राई जस्तालाई भोट हाल्न पर्छ” नेपाल अक्षर लेख पढ गर्न सक्ने उनको आफनो श्रमसंगै बाहिरी चिन्ताको रुपमा माओबादी केन्द्र हो, बाबु नरेन्द्र भन्छन् ।

तपाईको प्रतिक्रिया