पथरी । जिल्ला प्रहरी कार्यालय मोरङले हत्या अभियोगमा ३ जना युवालाई पक्राउ गरेको छ । असोज २६ गते गोलबजार ३ सिराह बस्ने बर्ष १७ को अंशु सदालाई अपहरण गरि हत्या गरेको आरोपमा पक्राउ परेको हो ।
विराटनगर महानगरपालिका वडा नं.–११ स्थित न्यू अप्सरा गेष्टहाउसमा ल्याई हत्यामा संलग्न आरोपमा धनुषा जिल्ला कमल नगरपालिका वडा नं. ६ बस्ने बर्ष १८ को राकेश ठाकुर, सोही स्थान बस्ने बर्ष १८ को विसु भन्ने प्रशान्त मण्डल र मोरङ रतुवामाई नगरपालिका वडा नं.–५ बस्ने बर्ष २६ को मनोज कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।

 

तपाईको प्रतिक्रिया