
पथरी । इलाका प्रहरी कार्यालय पथरीले शिवालय मन्दिर सफाई गरेको छ । शनिवार बिहान प्रहरीले पथरीशनिश्चरे १ मन्दिरलाइनको शिवालय मन्दिरमा सफाई गरेको हो । नेपाल प्रहरीको ६७ औं प्रहरी दिवसको अवसरमा सफाई कार्यक्रम सम्पन्न गरेको इप्रका पथरीले जानकारी दियो । सफाई कार्यक्रममा प्रहरी अधिकृत र जवानहरुको सहभागिता रहेको थियो ।





