
पथरी । पथरीशनिश्चरे ३ का प्रतिनिधिसभाका उम्मेद्धवार इन्द्रप्रसाद सुवेदी चुनाब चिन्ह धारोकल देखाउदै घरदैलो कार्यक्रममा हिडि रहेका छन । जनताको घर/घरमा एक्लै भासन गर्दै हिडने सुवेदीको चुनाव चिन्ह धारोकल हो ।
मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा उम्मेद्धवार सुवेदीले खास नया तरिकाले निर्वाचन प्रचारमा जुटेका छन । आफनै कारको हुटमा आफनो चुनाव चिन्ह लिएर माइकमा बोल्दै आफै ड्राइभ गर्दै हिडेर स्थानिय मतदाताहरुको मन जितिरहेका छन ।
३१ वर्षसम्मा शिक्षण पेशामा रहेर सेवा गरेका सुवेदी दलगत रुपमा उठेका उम्मेद्धवारले लाखौं रुपैयाँ खर्च गर्ने र जितेर गए पछि पुन: करोडौं रुपैयाँ भ्रष्ट्रचार गर्ने बताउदै आफुलाई जिताउन मतदाताहरुलाई आह्वान गरिरहेका छन ।






