पथरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. सुनिल शर्माले लोकतन्त्रको रक्षा गर्न, समाजको समानुपातिक विकास गर्न र जनताको दु:ख सुखमा साथ दिने बताएका छन ।
शनिवार लोकतान्त्रीक बाम गठबन्धनको भेलालाई सम्बोधन गर्दै डा. शर्मा सदैब जनताको रक्षा कवचको रपमा काम गर्ने बताउदै उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरेका हुन ।
गठबन्धनमा रहेका दलका नेता कार्यकर्ताहरुलाई लोकतान्त्रीक बाम गठबन्धनका सबै उम्मेद्धवारलाई जित दिलाउन आममतदाताहरूको घरदैलोमा पुगेर मत माग्न आग्रह गरेका थिए । डा. शर्माले आगामी मंसिर –४ गते हुने निर्वाचन मध्येनजर गर्दै उनले लोकतान्त्रिक वाम गठबन्धनले अवलम्बन गरेका निर्वाचन सम्वन्धि नीति, कार्यक्रम तथा लक्ष्य जनतासामु स्पष्ट रुपमा राखेर जनमुखी कार्यदिशा तय गर्न पनि अनुरोध गर्दै गठबन्धनका तर्फका उम्मेदवारहरू जिताउन आग्रह गरे । शर्माले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई नजिताए भविष्यमा गणतन्त्र संस्थागत गर्न र समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक आन्दोलनको रक्षा पनि नहुने बताए ।


सोही भेलामा प्रदेश सभाको लागि समानुपातिक समावेशी समुहको खस आर्य कोटाबाट समानुपातिक उम्मेदवारी दिनुभएको नेकपा – माओवादी केन्द्रकी केन्द्रीय सदस्य गीता तिम्सिनाले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न र जनताको हितमा काम गर्ने गठबन्धनका सबै उम्मेदवारहरूलाई विजयी तुल्याउने गरी जनतामाझ जान घनीभूत लागी पर्नु बताए ।
निर्वाचन परिचालन समिति मोरङका सह संयोजक चण्डी प्रसाद राईले स्वागत मन्तव्य राखेको भेलामा प्रदेश सभाको लागि आदिवासी जनजाति कोटाबाट समानुपातिक उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सदस्य मान प्रसाद लिम्बु, नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभाको लागि समानुपातिक उम्मेदवार वसन्त भट्टराई, नेकपा – माओवादीका केन्द्रीय सदस्य तथा चुनाव प्रचार प्रसार समितिका संयोजक लाल बहादुर सुस्लिल मगर, नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा नेपाल दलित मुक्ति सगठनको केन्द्रिय सचिव कृष्ण कुमारी विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया