पथरी । क्यानसर रोगबाट पिडित पञ्चकुमार राई (जितन) बचाऔं अभियानमा कतारबाट ३७ हजार ७ सय ९६ रुपैयाँ सहयोग आएको छ ।
पथरीशनिश्चरे नगरपालिका वडा ७ का क्यानसर पिडित राईको हाल भरतपुर क्यानसर अस्पताल चितवनमा उपचार भई रहेको र राईलाई बचाउन कतारबाट बिनोद वनेम लिम्बुले सहयोग रकम संकलन गरि पिडित राहतकोषमा जम्मा गरि दिएको हो ।
पथरीशनिश्चरे नगरपालिका ३ स्थाई घर भई हाल हाल बैदेशिक रोजगारीको लागी कतारमा रहेका वनेमले अफनो साथीहरुबाट रकम संकलन गरि पठाएको जितन राई बचाऔं अभियानका संयोजक बिनोद बान्तावाले बताए ।

तपाईको प्रतिक्रिया