
पथरी । पथरीमा नेपाल बिद्युत प्रधिकरणको फयूज सेन्टर स्थापना २०५६ साल भन्दा अगाडी भएको हो । प्रधिकरणको दैनिक बिद्युत महसुल बुझाउने काउन्टर स्थापना भएको नै करिव ७ वर्ष भयो । अहिलेसम्मा आफनै कार्यालयबाट सेवा पर्बाह गर्न नसकेर घर भाडामा लिएर उपभोत्तालाई सेवा दिइरहेको छ ।
पथरीशनिश्चरेमा प्राधिकरणको १७ हजार ग्राहक छन । यति हुदाहुदै पनि बिरालोले बच्चा सारे जस्तो घरिघरि काउन्टर रहेको कार्यालय सरिरहन्छ । सिङगलफेस मिटर जडान, थ्रीफेस मिटर जडान, क्षमता वृद्धि, लगत खारेज बिग्रेको मिटर पुर्नजडान जस्ता सामन्य कामको लागी उर्लाबारी धाउनु पर्ने बाध्यता छ ।

पथरीदेखी सुन्दरीचौक, पथरीदेखी पुलचौक, किर्तीपुर हुदै भोटेघुम्तीको माथिल्लो भेग, शनिश्चरे शिविरडाँडादेखी केचना मंगलवारे, सोमबारे दोहलु शुक्रवारे, यसै गरि कानेपोखरी गाउँपालिका ६ को सिताधापसम्माको ग्राहकहरु छन ।
४ वटा क्षेत्र ००३, ००५, ०२६ र ०२७ बर्गिकरण गरि ५ जना रिडरहरु बिल रिडिङ गर्छन । यती हुदाहुदै पनि उपशाखा कार्यालय निर्माण हुन नसकेको कारण स्थानियले उर्लाबारी जानु सास्ती ब्यहोरिरहेको गुनासो गर्छन ।
१७ हजार ग्राहकको लागी प्राधिकरणको ९३ वटा ट्रान्सफरमर छ भने २१ वटा निजी छ । उपशाखा कार्यालय नहुदा जनशत्तीको पनि अभाव देखिन्छ । उपशाखा कार्यालय नहुदा दरबन्दी र जनशत्ती पनि कम हुने भएकोले बिग्रेको लाइन मर्मत समयमा हुन नसक्ने, ब्यवस्थापन गर्न सकिने कतिपय कामहरु समयमै ब्यवस्थापन गर्न नसकेको देखीन्छ । यसको पहल कदमी गर्ने सम्बन्धीत निकायको पनि खासै ध्यान गएको देखिदैन । सम्बन्धीत निकायले बिद्युत प्रधिकरण पथरीशनिश्चरे नगरमा उपशाखा कार्यालय स्थापना गर्न पहल गर्नेकी ?







