
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. ४ मा पानी एका तिर बगेको छ भने कल्र्भट अर्को तिर निर्माण भएको पाइएको छ ।
छोटीटोलमा गत आर्थिक वर्षको ४ लाख रुपैयाँ बजेटमा निर्माण भएको उत्त कल्र्भटमा पानी नबगाएर कल्र्भटकै छेउबाट पानी बगिरहेको पाइएको हो ।
स्थानिय दिलिप राई, मान बहादुर दर्जी, कुलबहादुर राई, मनबहादुर मगर, ओमप्रसाद राई, यामबहादुर बर्देवा, मोहन दर्जी, केशबहादुर दर्जी सहितले पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोलाई समेत यो बिषयमा गत साउन महिनाको पहिलो हप्ता जानकारी गराउदै निवेदन दिएका थिए ।
उत्त निवेदनमा कल्र्भटको काम पुरा नभएको कारणले गर्दा स्थानियबासीलाई आवत जावतमा समस्या समेत देखिएको उल्लेख गरिए पनि आजसम्मा निवेदनको विषयमा नगरले चासो नै नदेखाएको दिलिप राईले बताए ।
कल्र्भट निर्माण भएकै स्थानमा केही वर्ष अगाडी डुबेर एक ब्यात्ती मृत्यु समेत भएको थियो ।






