खोटाङ । बैसाख ३० गते हुने स्थानीय निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको जिम्मेवारी तोकिएको छ ।

 

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य निर्वाचन अधिकृतका रुपमा जिल्ला अदालत खोटाङमा कार्यरत जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यलाई जिम्मेवारी तोकिएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाका लागि जिल्ला सरकारी वकिल कार्यालय खोटाङका जिल्ला न्यायधिवक्ता संगीता न्यौपाने ढुङ्गेललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
खोटेहाङ गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत गेहेन्द्रराज रेग्मी, जन्तेढुंगा गाउँपालिकामा महालेखा नियन्त्रक कार्यालय काठमाडौंका उपसचिव मानबहादुर मगर, बराहपोखरी गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ विराटनगरका उपसचिव कोपिला राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत गम्भिर घिमिरे, साकेला गाउँपालिकाका लागि नेपाल कानुन आयोगका उपसचिव राजन नेपाललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।
ऐसेलुखर्क गाउँपालिकामा जिल्ला अदालत खोटाङका श्रेष्तेदार रामाकान्त यादव, केपिलासगढी गाउँपालिकामा इलाका प्रशासन कार्यालय साँखुका उपसचिव राजकुमार राई, रावाबेसी गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत लालबहादुर कार्कीलाई निर्वाचन अधिकृत तोकिएको छ । जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई २९ चैतदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरेको निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया