
पथरी । लोकतान्त्रिक बाम गठबन्धनको बैठक पथरीशनिश्चरे नगरपालिकाको वडा न. १ को भेला भई चुनाबि प्रचार अभियान तिब्र पारेको छ ।
बुधवार बिहान ८ बजेको समयमा पथरी १ को शिवालय मन्दिरमा नेपाली कांग्रेसका सभापति रुपनारायण भट्टराईको अध्यक्षतामा बैठक गर्दै चुनाबि अभियान सुरु गरेको हो ।

बैठकमा माओबादी केन्द्रको तर्फबाट सभाषद लालबहादुर सुस्लीङ मगर, प्रदेश सभा सदस्य पद्का उम्मेद्धवार गिता तिम्सीना, नेकपा एसका सदस्य तर्फबाट सभाषद चण्डीप्रसाद राई, कुमार चम्लीङ पार्टीको पथरीशनिश्चरे नगर अध्यक्ष तुलसी ढकाल, तथा नेपाली कांग्रेस पार्टीबाट स्थानिय निर्वाचनमा नगर प्रमुखको प्रत्यासी नगेन्द्र सुब्बा लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।






