भिटामिन र जुक्काको औषधी खुवाएर कुपषोण चेकजाँच गर्दै स्वास्थ्यकर्मी 
पथरी । पथरीशनिश्चरे नगरमा बालबालिकामा कुपषोण देखिएको छ । २०६९/८० को पहिलो चरणको भिटामिन (ए) र जुक्काको औषधी खुवाउने क्रममा चेकजाँच गर्दा पथरीशनिश्चरे १० को एक बच्चामा कुपषोण भेटिएको हो ।
गत बैसाख महिनामा चेक गर्ने क्रममा पथरीशनिश्चरे नगरमा ३२ जना बालबालिकामा कुपषोण देखिएको थियो । कडा कुपषोणबाट १२ जना र मध्याम कुपषोण २० जना बालबालिकामा देखिएको नगर स्वास्थ्य कार्यालयका सिनियर अहेव एकराज खत्रीले जानकारी दिए । यस वर्षको सम्पूर्ण जानकारी शुक्रवारसम्मा डाटा आईसक्ने पनि खत्रीले जानकारी गराए । तस्वीर सौजन्य एकराज खत्री

तपाईको प्रतिक्रिया