
पथरी असोज ३० गते राती १ बजेको समयमा डाका डाल्ने २ जनालाई प्रहरीले पक्राउ परेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ४ को पूर्व पश्चिम राजमार्गमा ना ६ ख ६३९९ नम्बरको कन्टेनरमा डाका डाल्ने झापा गौरादह नगरपालिका वडा नं ९ बैगुनधुरा बस्ने बर्ष १९ को मुकेश खतिवडा र धनकुटा महालक्ष्मी नगरपालिका वडा नं १ लेगुवा बस्ने बर्ष २२ को हेम वहादुर बस्नेत पक्राउ परेका हुन ।
गाडी पार्किङ गरेर गाडीमा नै सुति रहेको अवस्थामा गाडी चालक रामवहादुर गिरीको साथमा रहेको सुनको सिक्री, सुनको ब्रासलेट, (सामसुङ एफ टयान्टीटु), नगद रू ४५ हजार, एटिएम कार्ड र राजश्व तिरेको रसिद लुटेर लगेका थिए ।
पक्राउ परेका उनिहरुको साथबाट डाका डालेर लगेको सामानहरु बरामद गरिएको र उनिहरुलाई डाका मुद्धा दर्ता गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।






