
पथरी । सामन्यतय शहर नजिकका गाउँघरमा फलाम लगायतका थोत्रा बस्तुहरुको खोजी आउछन कवाडीका ब्यापारीहरु । थोत्रा समानको खोजी गर्दै साइकलमा हिडने ति ब्यापारीहरु काम नलाग्ने थोत्रामोत्रा समानको खोजीमा निस्कदा जतीनै उमेर पाका भए पनि भैया नै सम्बोधन हुन्छ ।
तर नकुहिने फोहोर ब्यवस्थापनमा उनिहरुको योगदान बारे समाजको तल्लो निकायदेखी माथिल्लो निकायसम्माका मानिसले खासै चासो दिएको पाइदै । पथरीशनिश्चरे नगरपालिकामा ३ वटा कवाडी संकलन केन्द्र दर्ता गरी स्थाई लेखा न. लिएर काम गरि रहेका छन भने २ वटा दर्ता नभई सञ्चालित अवस्थामा छन ।

एउटा कवाडी पसलमा सरदर १५ देखी १६ जनासम्मा भारतिय मुलका ब्यापारी बस्छन । फजुलल हक, सञ्चालक रहेको पाथिभरा कवाडी पसल, सुरेश पौदारले सञ्चालन गरेको आयुस कवाडी खरिद बिक्री केन्द्र र आलजिर आलमले फरना इन्टर प्राइजेज दर्तामा रहेको छ भने अन्य २ वटा दर्ता नभई सञ्चालित अवस्थामा छ ।

कवाडी ब्यापारीहरुले दैनिक न्यूनतम एक हजार भन्दा बढी नै कमाउछन । बिशेस गरि नकुहिने फोहोर प्लाष्टीकका बोत्तल, फलाम टिनका टुक्रा किटका टुक्र, तामाका तार लगायतका बस्तुहरु उनिहरुले संकलन नगर्ने हो भने फोहोर मैलाले कति ग्रस्त बन्थ्यो होला ? आंकलन गर्नै सकिन्न ।
एउटा कवाडीले सरदर उनिहरुकै भाषामा भन्दा एउटा कवाडी संकलन केन्द्रबाट एक महिनामा ३ गाडी सम्मा कवाडी सामान निर्यात गर्छन । तर यो सबै कुराको जानकारी पथरीशनिश्चरे नगरपालिकाको फोहोर मैला ब्यावस्थापन शाखामा जानकारी राखेको पाइदैन ।
फोहोरलाई मोरहरमा परिणत गर्ने नारा मात्रै सस्तो लोकप्रियताको लागी भट्टाउन चाही छोडदैन । कुहिने फोहोरको सम्मा ब्यवस्थापन गर्न नसकिरहेको नगरपालिकाहरुले कावाडी ब्यापरीको योगदानलाई मुल्याङकन गर्ने हो की ?







