पथरी । पथरीशनिश्चरे नगरपालिकाले बाल सञ्जालका पदाधिकारीहरुलाई नेतृत्व विकास सम्बन्धी तालिम मंगलवार सुरु गरेको छ ।

 

 

नगर क्षेत्रमा रहेका बालसञ्जालका पदाधिकारीलाई बालबालिकाको हक अधिकार, सवाल र भुमिकाको सम्बन्धी २ दिने तालिम प्रमुख दिलीपकुमार राईले उद्घाटन गर्दै सुरु गरेको हो ।
उद्घाटन कार्यक्रममा प्रमुख राईले बालबालिकाहरु अपराधबाट टाढा रही सृजनशील बनेर देश हाँक्ने अवस्था बनाउदै शुभकामना व्याक्त गरेका थिए ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोला र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको पनि उपस्तिथीति रहेको थियो ।
उत्त तालिममा पथरीशनिश्चरे नगरपालिका क्षेत्रका १० वटा वडाबाट ३० जनाले सहभागिता जनाएका छन ।
उत्त तालिममा शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले र महिला तथा बालबालिका शाखा कर्मचारी सिर्जना भट्टराईले सहजिकरण गरेका छन ।

तपाईको प्रतिक्रिया