
पथरी । पथरीशनिश्चरे २ बुद्धचौक शहरको रुपमा विकास हुदै जादैछ । त्यही विकास हुदै जादै गरेको चौकमा हरिप्रसाद निरौलालाई साइकल मर्मत गर्दै गरेको भेटिन्छ ।
बिहानको समयमा प्रया: पुरेत गर्न बोलाएका ठाँउमा जान्छन् । अरु समय पुराना साइकल मर्मत गरेर बिताउछन । ६१ वर्ष उमेरपुगेका निरौलाले करिब ३५ वर्ष अगाडी साइकल बनाउन आसममा सिकेका हुन रे ।
तन्नेरी समयमा सिकेको उत्त सिप नै अहिले बुढेसकालको सहारा बन्न पुग्यो । तेह्रथुमको पिप्ले ६ गढीगाँउमा जन्मेका निरौला ४१ सालमा जन्मगाउँ छाडेर असाम गए । पछि ५४ साल पथरी आएर स्थाई बसोबास गरिरहेका छन । २ छोरा ४ छोरीको पिता निरौलालाई गाउँघरमा सबैले सम्बोधन गरेर बोलाउदा पिता नै भन्छन ।






