
पथरी । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्य पद्का लागी स्वतन्त्र उम्मेद्धवार जयराज संयोग लिम्बु चुनाव चिन्ह माछा लिएर अहिले जनताको घरदैलोमा भेटिन्छन ।
मोरङ क्षेत्र न. ३ बाट उम्मेद्धवारी दर्ता गरेका जयराज संयोग लिम्बु कानेपोखरीमा जन्मेका हुन । उनले देशको बर्तमान राजनितिक अवस्थामा जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको मुभमेन्टलाई ठुला दलले नबुझिदिएको कारण आफनो उम्मेद्धवारी रहेको बताउदै आफनो चुनाबि अभियान तिब्र पारेका हुन ।

नेपाली कांगे्रसले स्थापनाकालको प्रजातान्त्रीक समाजवादी आन्दोलनको भावना समेटन नसकेको कारण आफुले उम्मेद्धवारी दिएको बताए । नेकपा एमाले र राप्रपाबाट पनि जनजाती बसोबास बहुल्य रहेको क्षेत्र भए पनि जनजाती उम्मेद्धवार नसमेटिएको कारण आफनो उम्मेद्धवारी रहेको बताउछन ।
आफुले जितेर जादा हरैंचा डाँगिहाट बयरबन शनिश्चरे देखी लामाटोलसम्माको लिङक रोड बनाउने र पुरानो बजार बयरबन शनिश्चरे जस्ता पुरानो बजार बनाउने, लिङक रोडसंगै जोडेर कोल्डस्टोर बनाउने, बाटो निर्माण गर्ने, खेलकुदको लागी बृहत प्लान्ट बनाउने, कृषकहरुलाई डागिहाट र रमाइलोमा युरिया र डिएपीको डिपो निर्माण गर्ने लगायतका योजना छन ।






