
पथरी । ब्राउन सुगर सहित प्रहरीले ४ जनालाई युवाहरुलाई पक्राउ गरेको छ । झापाको छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरीले कमल गाउँपालिका–३ स्थितमा चेक जाँचको क्रममा मे.५ प ९८१८ नम्बरको मोटरसाइकलमा सवार रहेका अर्जुनधारा नगरपालिका–९ झापाका २६ बर्षीय अजय माझी र २८ बर्षीय अर्जुन राजबंशीलाई १० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जनायो । बिर्तामोडको बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ स्थित चिया बगाउन छेउमा संकित अवस्थामा रहेका अर्जुनधारा–११ का ३४ बर्षीय दिनेश दर्जी र ३८ बर्षीय राज कुमार कार्कीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट २१ ग्राम ब्राउन सुगर बरामद भए संगै पक्राउ गरेको थियो ।
ब्राउन सुगर सहित पक्राउ परेका चारै जनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






