
पथरी । २०६२ सालसम्मा यसरी नै पू्रर्विपहाडी जिल्लामा बसोबास गर्ने समुदायले काम गर्दथे । खोटाङबाट आफुले उत्पादन गरेको सुन्तला, अलैची, सिक्रे र चिराइतोको भारी उदयपुरको बेल्टार फत्तेपुर झर्दथे भने भोजपुरबाट हिले पाख्रिबास धरान चतरा झार्दथे ।
खोटाङ भोजपुरबाट ल्याएको समान बेचेर प्रमुख आवश्यक बस्तुको रुपमा रहेको नुन बोकेर फेरी पहाड नै लानु पर्ने बाध्यता थियो ।
एक जनाले नुनको भारी कम्तीमा ५० केजी र बढीमा ८० केजी ढाकरमा भारी लगाएर आफनो ओढने ओच्छयाउने, खाने रासन, सहित १२ दिनसम्मा यात्रामा निस्कन्थे ।
कतिपय मानिसको भारी बोक्ने क्रममा भारीले थिचेर, लडेर, बिरामी भएर मृत्यु समेत हुन्थ्यो । ६३ साल देखी पहाडी स्थानहरुमा स्थानिय पालिकाले सडक सञ्जाल जोडेसंगै विकासले तिब्रता लिए पछि ढाकर र तोक्मा बोक्नु पर्ने बाध्यता भने हटेको छ ।
कतिपय मानिस ब्यवसायीक रुपमा भारी बोक्ने भरियाको ब्यवसायमा असर गरेको छ । तस्वीर सामाजिक सञ्जाल फेसबुकबाट साभार गरिएको .







