पथरी । आइतवार बेलुकाको समयमा उर्लाबारीको मावा खोलामा एक युवाको हत्या भएका छ
। छैठ पर्वको लागी स्थानिय मावा खोला किनारमा आयोजित कार्यक्रममा १४ बर्षीय दिउस श्रेष्ठको छुरा प्रहार गरि हत्या भएको हो ।
दमक नगरपालिका १० का श्रेष्ठको हत्यामा संलग्न ब्यात्तीहरु पक्राउ परेका छैन । मृतक श्रेष्ठको शव बिर्तामोडको बिएण्डसी अस्पताल बिर्तामोडमा रहेको प्रहरीले जानकारी दियो ।
सख्त घाइते अवस्थामा भेटिएका श्रेष्ठलाई उर्लाबारीको एक निजी अस्पतालमा प्राथामिक उपचार गरि थप उपचारको लागी बिएण्डसी पुर्‍याएको थियो ।

तपाईको प्रतिक्रिया