पथरी । मंसिर ४ गते हुने निर्वाचनको प्रदेश न. १ मोरङ क्षेत्र ३ (क) का प्रदेशसभा सदस्य पद्का उम्मेद्धवार शेखचन्द्र थापाले अस्पतालको शैयाबाट मतदाताहरुलाई मत मागेको छन ।
डेङगु संक्रमण भए पछि अस्पताल भर्ना भएका वन वातावरण तथा भू संरक्षण मन्त्री समेत रहेका थापाले लोकतान्त्रीक बाम गठबन्धन बाट प्रदेश सभा सदस्य पदक साझा उम्मेद्धवार थापाले अस्पतालको शैयाबाट नै मत मागी रहेका हुन ।
नेपाली कांग्रेसका नेता समेत रहेका ५८ वर्षका शेखरचन्द्र थापा पूर्वप्रधानमन्त्री तथा पार्टीका सभापति स्वा. गिरिजाप्रसाद कोइरालाका स्वकिय सचिव समेत हुन ।
प्रदेश सभाका लागी अन्य उम्मेद्धवारहरु मतदाताको घरघरमा पुगेर मत मागी रहेको अवस्थामा हाल थापाले अस्पतालको शैयाबाट मत माग्नु आफनो बाध्यता रहेको बताउदै साझा गठबन्धनका उम्मेद्धवारहरुलाई विजयी गराइदिन अनुरोध गरेका छन ।
शेखरचन्द्र थापा हाल हेम्स अस्पताल मन्डीखाटार काठमाण्डौंमा उपचाररत छन । यो समाचार तयार पार्दासम्मा १७ दिनसम्मा अस्पतालको सघन उपचार कक्षमा उपचार गरेर सोमवार (आज) नर्मल बेडमा सारेर ४८ घण्टासम्मा डाक्टरको प्रत्यक्ष निगरानीमा रहेर डिस्र्चाज गर्ने तयारी रहेको थापाको उपचारमा प्रत्यक्ष सम्र्पक ब्यात्ती ज्ञानु कटवालले जानकारी गराए ।

तपाईको प्रतिक्रिया