पथरी । उर्लाबारीको मावाखोलामा आइतवार राती छठपुजा हेर्न गएका १४ वर्षका बालकको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजानिक गरेको छ ।
दमक नगरपालिका वडा नं.–१० दियुस श्रेष्ठलाई पूर्व रिसिईवीको कारण जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.–७ स्थित मावा खोलामा हत्या गर्ने ५ जनालाई प्रहरीले सार्वजानिक गरेको हो ।
अनुसन्धान पश्चात घटनामा प्रयोग भएको चक्कु सहित जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट संयुक्त टोलीले पक्राउ गरि थप अनुसन्धान कार्य भई रहेको जनाएको छ ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका वडा नं.–६ चन्द्रमा चौक बस्ने सरोज बस्नेत, वडा नं.–६ वानडाँडा बस्ने सन्देश खवास, वडा नं.–७ तरूण चौक बस्ने सपन खत्री, वडा नं.–६ पानी ट्यांकी बस्ने मन्जिल माझी वडा नं.–६ वानडाँडा बस्ने विकास तामाङ पक्राउ परेका हुन ।

तपाईको प्रतिक्रिया