
पथरी । इन्द्र सुवेदी एक्ला सिपाही हुन । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभाको सदस्य पद्मा उम्मेद्धवारी दर्ता गराएर एक्लै आफनो चुनाव चिन्ह पानी पेल्ने कल चिउदै हिडदैछन ।
इन्द्र सुवेदी एक शिक्षक थिए । आज एक राजनितिक परिवर्तनको सिपाहीको रुपमा चुनावि रणसंग्राममा सहभागी छन ।
एक्लै एउटा कारमा स्वतन्त्र चुनाबि गित बजाउदै चौकचौकमा आफना एजेण्डाहरु जनतालाई सुनाउदै हिडि रहेका छन । एक्लै हिडेको देखेर कति पय मानिसले सामाजिक संजालबाट सुवेदीलाई एक्लै नहिडन सुझाव दिदा आफु जनताको दरिलो सुरक्षा घेरा भित्र रहेको प्रतिक्रिया दिदै दरिलो छाती भएको प्रतिक्रिया दिन्छन ।
सामन्य पोशाकमा चुनाबि प्रचार गरिरहेका स्वातन्त्र उम्मेद्धवार सुवेदी चप्पल लगाएर भादगाँउले टोपी सामन्य पाइन्ट र टिर्सट लगाएर हिडछन् । दलिय राजनितिदेखी आजित बनेका जनताको मनोबिज्ञानलाई बुझेका सुवेदीले आफुले तामझाम सहित हिडदा धेरै खर्च हुने र चुनाव जितेर जाँदा भ्रष्टचार गर्नु पर्ने अवस्था आउने भएकोले एक्लै चुनाव प्रचारमा हिडेको सुनाए ।







