
पथरी । पथरीशनिश्चरे वडा न. ७ किरातीचौकमा लोकतान्त्रीक बाम गठबन्धनको सम्पर्क कार्यालय स्थापना गरेको छ ।
मंगलबार एक कार्याक्रमको आयोजना गरि ३ वटै पार्टीको नेता कार्यकर्ता समर्थक र शुभचिन्तकहरुको उपस्थितीमा सम्र्पक कार्यालयको स्थापना गरेको हो ।
लोकतान्त्रीक बाम गठबन्धनका नेताहरु सभाषद लालबहादुर सुस्लीङ मगर, प्रजातान्त्रीक सेनानी, तथा समानुपातिक उम्मेद्धवार बसन्त भट्टराई नेपाली कांग्रेसका पथरीशनिश्चरे नगर समितिका सभापति रुपनारायण भट्टराई, कांगेस नेताहरु बिक्रम लिम्बु, नगेन्द्र लिम्बु, कबिता पराजुली नेकपा एसबाट समानुपातिक तर्फको उम्मेद्धवार कृष्णकुमारी बिक, मानप्रसाद लिम्बु सोही पार्टीको नेता कर्ण परियार उपस्थिती रहेको थियो ।
यस्तै नेकपा (माओबादी केन्द्र) का नगर सचिव मोहन लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता जितन राईले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमको ब्यवस्थापन नेपाली कांग्रेसका पथरीशनिश्चरे ७ का वडा सभापति इन्द्र गौतमको नेतृत्वमा भएको थियो ।






