पथरी । नेकपा एमाले पार्टीका उम्मेद्धवारहरुले पथरीशनिश्चरे ७ न. वडाबाट घरदैलो अभियान सुरु गरेको छ ।
मंगलवार पथरीशनिश्चरे ७ को बिष्णुचौकबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्धवार भानुभत्त ढकाल र प्रदेशसभा सदस्य दिलिपकुमार राई सहितको टोलीले घरदैलो अभियान सुरु गरेको हो ।
उम्मेद्धवारीको मनोनयन दर्ता गरेसंगै टोल तथा चौकमा मतदाताहरुलाई मत माग्ने कार्यक्रम सुरु भएपनि मंगलबार मुख्यसडक र आसपासका क्षेत्रका बस्तीहरुमा पसेर मत माग्ने अभियान सुरु गरेको थियो ।
वडा न. ७ को अभियानमा पार्टीका केन्द्रिय सदस्य युवराज बास्कोटा, बामपन्थी नेतृ बसन्ती राई पथरीशनिश्चरे ७ का पूर्व वडा अध्यक्ष कपिलमणि ढकाल, बर्तमान वडाअध्यक्ष उद्धवराज बस्नेत लगायत वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया